कुटपिट गरी श्रीमतीको हत्या गरेर श्रीमान फरार
विराटनगर– संखुवासभाको खाँदबारी नगरपालिका –७ का २७ वर्षीय मंसिरे शेर्पाले शुक्रबार राती श्रीमती २६ वर्षिया विना राईको हत्या गरी फरार भएका छन्। शेर्पाले घरायसी विवादमा श्रीमतीको हत्या गरेको खुलेको छ।
खाँदबारी नगरपालिका–११ आङ्ला घर भई खाँदबारी–१ बस्ने मंसिरेले कुटपिट गरी विनाको हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर अशोक जगेवुले जानकारी दिए।
मृतक राईको शरीरका विभिन्न भागमा चोट र नीलडाम देखिएको छ। शव पोष्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ।
श्रीमतीको हत्या लगत्तै शेर्पा फरार भएको प्रहरीले जनाएको छ। उनी केही वर्षयता सवारी चालकको रुपमा कार्यरत थिए।
प्रतिक्रिया