वैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञमा आगलागी

काठमाडौँ– अछामको साँफेवगर नगरपालिका– १ स्थित वैद्यनाथ धाममा जारी कोटिहोम महायज्ञमा शनिवार आगलागी भएको छ। महायज्ञमा रहेका पाँचवटा कुण्डमध्ये एउटा कुण्ड जलेर नष्ट भएको छ।
नेपालका चार धाममध्येको एक वैद्यनाथ धाम पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, साँस्कृति र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटीहोम सुरु भएको थियो।
विहिवारदेखि सुरु भएको महायज्ञ २५ फागुनसम्म चल्ने जनाईएको छ। होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ। पाँचवटा कुण्डमध्ये एउटा कुण्ड मात्र जलेर नष्ट भएको तथा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए।
प्रतिक्रिया