उदयपुरमा हावाले अनियन्त्रित भई रुखमा अड्किएको प्याराग्लाईडसहित २ जनाको उद्वार

गाईघाट– उदयपुरमा हावाको वेग थेग्न नसक्दा यात्रुसहितको एउटा प्याराग्लाईड सोमबार रुखमा अड्किएको छ।

त्रियुगा नगरपालिका ११ स्थित रमिते डाँडाबाट उडेको प्याराग्लाइड स्थानीय नवोदय सामुदायिक वनको सालको रुखमा अड्किएको थियो।

प्याराग्लाईडसहित रुखमा अड्किएका चालक कास्कीको पोखरा महानगरपालिका–१८, सारङकोटका २९ वर्षीय रविन्द्र ढकाल र उदयपुरको त्रियुगा नगरपालिका–११, विशालनगरका २६ वर्षीय सिद्धान्त बस्नेतको प्रहरीले उद्वार गरेको छ।

हावाको प्रभाव थेग्न नसकेर अनियन्त्रित भई उक्त प्याराग्लाइड चप्पनको जंगलमा रहेको करीब सय फिट अग्लो सालको रुखमा अड्किएको थियो। घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गणको टोली उद्वारमा खटिएको थियो।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त फौजले रोप रेस्क्यु विधिमार्फत उनीहरुको सकुशल उद्धार गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट