रक्सीले झ्याप भएर ड्राइभिङ गर्दा कारसहित पुलबाट खसे ललितपुरका उज्ज्वल

काठमाडौं– दाङको घोराहीमा रक्सीले झ्याप भएका चालकले आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन्।

घोराही–लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो।

दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका–१५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए। उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ।

उनको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कारमा रक्सीले मातेका केसी एक्लै रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट