प्रचण्डले डो-याएको कुकुरको टाउकोमा उपेन्द्र यादवको टाउको जोडेको पोष्टर छ्याप्छ्याप्ती

जनकपुर– जनता समाजवादी पार्टी सरकारमा गए लगत्तै ‘प्रधानमन्त्री पुष्पकमल दाहालले डो¥याएको कुकुरको टाउकोमा यादवलाई जोडेर’ तयार गरिएको पोष्टर सार्वजनिक स्थानमा टाँस्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘उपेन्द्र यादवको असली मालिक को हो ? यस तस्बिरले प्रस्ट पार्छ’ भन्दै लेखिएको पोष्टर धनुषालगायत विभिन्न जिल्लामा टाँस्ने राष्ट्रिय एकता अभियानका कार्यकर्ता पङ्कज झा र मनिष पूर्वेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले २६ फागुनको राती लुकिछिपी सो पोस्टर टाँसेको प्रहरीले जनाएको छ। धनुषाको लादोबेलाबाट पक्राउ परेका उनीहरु बाहेक पनि यो कार्यमा अझै केही व्यक्ति संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माले बताएका छन्।

पछिल्लो समय बाहिरी शक्तिको इसारामा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विरुद्धका गतिविधि गर्ने गरेको जसपाका नेताहरुले आरोप लगाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट