मोरङमा आगलागी हुँदा सिंगो गाउँ ध्वस्त, डीएसपी भन्छन्– १९ घर जलिसके

विराटनगर– मोरङको रंगेलीमा शनिबार दिउँसो आगलागी हुँदा सिंगो गाउँ खरानी भएको छ। रंगेली नगरपालिका–३ बाबू सहायक टोलमा आगलागी भएको हो।

जंगली मुर्मुको गोठबाट दिउँसो करिव साढे २ बजे सुरु भएको आगलागीमा १९ घर जलेको मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले वताए।

बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। प्रहरीका अनुसार घरहरू बाँसको टाटीले बारेका र सेन्टीबेरा लगाएर बनाइएका थिए। घटनामा कति क्षति भयो भन्ने यकिन छैन। क्षतिको विवरण संकलन गर्न बाँकी छ।

प्रहरी, स्थानीय र दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

फाईल फोटो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट