सालिन आत्महत्या प्रकरणमा पक्राउ परेका हेडमास्टरसहित तीनै जना अदालतबाट छुटे

काठमाडौं– २५ दिनअघि चितवनको रत्ननगर स्थित शिशु निकेतनको छात्रावासमा मृत फेला परेकी सालिन पोखरेल आत्महत्या प्रकरणमा पक्राउ परेका विद्यालयका हेडमास्टरसहित तीनै जना धरौटीमा छुटेका छन्।

चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासमा मङ्गलवार भएको थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश भएको हो। होस्टलमा बस्दै आएकी पोखरेल होस्टलको कोठामा मृत फेला परेपछि परिवारका सदस्यले बलात्कारपछि हत्याको दाबी गर्दै जाहेरी दिएका थिए।

पोस्टमार्टम रिपोर्टमा उनीहरुको दावी असत्या सावित भएपछि उजुरी बदलेर आत्महत्या दुरुत्साहन बनाइएको थियो। सुसाइड नोटको परीक्षणमा पनि उक्त टोट पोखरेलले नै लेखेको पुष्टि भएको थियो। मङ्गलवारको आदेशसँगै हेडमास्टर बालहरि देवकोटा ३ लाख तथा सह प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा ५÷५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

फागुन १२ गते सालिन होस्टलमा मृत फेला परेपछि उनको परिवारका सदस्यले बलात्कार र हत्याको दाबी गर्दै पक्राउ गर्न दबाब बढाएपछि चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो। सालिनका बुबा आमा डिभोर्स गरेर अलग बस्दै आएका थिए भने उनको पालनपोषण मामाहरूले गर्दै आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट