रघुविर महासेठ र सरोज यादवको टसलले राजकुमार लेखीसहित ३ जना मन्त्री बन्न पाएनन्

राजविराज– मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमवार नेकपा एमालेलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरे। चारवटा मन्त्रालय लिएर मधेश सरकारमा सहभागी भएको एमालेका चारै जना मन्त्रीको टुंगो लागेको थियो। तर, अन्तिम समयमा संसदीय दलका नेता सरोज यादव मात्रै सरकारमा गए।

मन्त्री बन्ने योजनामा रहेका राजकुमार लेखी, शारदा थापा र शत्रुधनप्रसाद सिंह अहिले पनि अन्यौलमा छन्। उनीहरु मध्ये लेखीलाई गृह, सञ्चार तथा कानुन, थापालाई स्वास्थ्य तथा जनसंख्या र सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको थियो।

तर, सोमवार सरकारमा जान नपाएपछि उनीहरुले पाउने भनेको मन्त्रालय पनि मुख्यमन्त्रीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा गएका सरोज यादवलाई नै दिएका छन्। त्यसैले लेखी, थापा र सिंहको मन्त्री बन्ने योजना थप अन्यौलमा परेको छ।

खासमा संसदीय दलका नेता यादव र उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको असमझदारीका कारण उनीहरु तीनै जना मन्त्री बन्न नपाएको खुलेको छ। सरोजले मन्त्री छनौटमा सोधखोज नगरेपछि रिसाएका महासेठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भनेर उनीहरुलाई रोकेका हुन।

एमालेका सचिव समेत रहेका महासेठले मन्त्री छनौटमा सरोजले आफुखुसी निर्णय गरेको गुनासो गरेका छन्। मधेश आफ्नो प्रदेश रहेकाले मन्त्री छनौटमा आफूलाई उपेक्षा गर्न नमिल्ने तर्कसहित महासेठले ओलीलाई फोन गरेपछि तीन जनाको नाम मन्त्रीबाट फिर्ता भएको स्रोतको दावी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट