चार्जर हराएको तनावमा रेन्टुरेन्टबाट निस्किएकी मेयर हमालकी छोरी अझै फेला परिनन्

काठमाडौं– तीन दिनदेखि भारतको गोवाबाट सम्पर्कविहिन भएकी कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती मोवाईको चार्जर हराएको तनावमा रेस्टुरेन्टबाट निस्किएपछि फर्केर नआएको खुलेको छ।

आरतीको खोजीका लागि उनका साथी आनन्द प्रेम कठपालियाले गोवाको मान्ड्रेम प्रहरी चौकीमा दिएको उजुरीमा उक्त कुरा उल्लेख छ। गोवामा बसोबास गर्दै आएका उनी आसभेम बीच रोडमा अवस्थित बाब्गाव्दामा ‘जेब्रा भाइब्स’ नामको रेस्टुरेन्ट र वेलनेस सेन्टर सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय आरती उनकै होमस्टेमा बस्दै आएको उजुरीमा उल्लेख छ।

आरतीलाई आफूले १२ वर्षदेखि चिनेको कठपालियाले बताएका छन्। उनी प्रत्येकपटक गोवा आउँदा आफ्नो रेस्टुरेन्टमा पस्ने गरेको उनको भनाई छ। आरतीले यसअघि मोरजीमनजिक तिब्बत क्याफेनेर बस्दै आएको उनलाई बताएकी थिइन्। २० दिन अगाडि मात्रै आरती आफ्नो रेस्टुरेन्टमा आएर तपाईंको होमस्टेमा बस्न मिल्छ कि भनेर सोधेको उनको भनाइ छ।

‘२५ मार्चमा मैले आफ्नो रेस्टुरेन्टमा होली पार्टी आयोजना गरेको थिएँ। मैले केही साथीहरुलाई पार्टीमा नित्याएको थिएँ र आरती पनि आएकी थिइन्। आरती बिहान १० बजेदेखि बेलुकी करिब ५ बजेसम्म रेस्टुरेन्टमा थिइन्। उनी साढे ५ बजेतिर रेस्टुरेन्टबाट बाहिरिइन्। त्यसपछि म एकैछिन आफ्नो कोठामा गएँ र रेस्टुरेन्टमा फर्किएँ।’ उनले भनेका छन्– ‘राति करिब ९ बजे तिर मेरो एकजना स्टाफले आरतीले उनको मोबाइल चार्जर हामीले लगेको भनेको र त्यसका कारणले तनावमा रहेको बताए।’

उनको कोठामा चेक गर्न जाँदा कोठा खुल्लै पाएको र उनी कोठामा नभएको उनले वताएका छन्। ‘हाम्रो रेस्टुरेन्टको एक महिला कामदारले राति साढे ९ बजे रेस्टुरेन्टजिक आरतीलाई बाहिर निस्किँदै गरेको देखेको बताइन्। उनी आक्रोशित मुद्रामा रहेको मलाई कामदारले सूचित गरिन्। यसरी राति साढे ९ बजेपछि उनी हाम्रो सम्पर्कमा छैनन्।’

ओशो साधक आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन। उनी सोमबारदेखि बेपत्ता भएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट