पोखरामा बस दुर्घटना, फोटो र भीडीओ भाईरल

काठमाडौं- पोखराको लेखनाथ अर्चलेमा आज एउटा बस दुर्घटना दुर्घटनाको फोटो सामाजिक सञ्जालमा फाईरल भईरहेको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।
लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो। दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।
बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए। बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
बस सडकमा अगाडिको भाग टेकिएर ठाडै उभिएको छ। त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।
प्रतिक्रिया