श्रीमतीका कारण प्रेसर वढ्यो भन्दै रेशम चौधरी अस्पताल भर्ना

काठमाडौं– अस्वाभाविक रुपमा रक्तचाप बढेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अस्पताल भर्ना भएका छन्। चौधरीलाई साँझपख अस्पताल भर्ना गरिएको जनाईएको छ।

चौधरीले दिउँसो पत्रकारसँग कुरा गर्दै आफूले तीन महिनादेखि खाना नखाएको जानकारी दिएका थिए। श्रीमाती एवम् पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले तनाव दिएकाले आफू आत्महत्या गर्ने अवस्थामा पुगिसकेको उनको भनाई थियो।

उनले भनेका थिए– ‘तीन महिनादेखि खाना खाएको छैन। कहिले दुई चम्चा खान्छु, कहिले के, कहिले के, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ। केही पनि मान्दै मान्दैनन्।’

पार्टी निर्माण गर्दा भोगेको पीडाभन्दा अहिलेको पीडा बढी भएको पनि उनले बताए। घरकै मान्छेले भनेको नमान्दा झन् पीडा भएको उनको भनाई छ। ‘म जत्तिको पीडित को होला? हे भगवान् पीडा भन्ने तैंले मेरो भाग्यमा मात्रै लेखिस् है। जिन्दगीभरि संघर्ष गरेँ। काठमाडौं आउँदा भृकुटीमण्डपमा भारी बोकेँ। पियनको जागिर खाएँ। रेडियो नेपाल टेलिभिजन हुँदै संघर्ष गर्दै आफ्नो गाउँ पुगेँ।’– उनले आफनो पीडा सुनाउँदै भने।

गाउँबाट जेल पुगेँको र जेलमा साढे ८ वर्ष बसेको पनि उनले सुनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट