होलीको दिन २ जनालाई चक्कु हानेर हत्या गर्ने अभियुक्तलाई भगाउने गुरुङ पक्राउ

काठमाडौं– होलीको राती ललितपुरको ढोलाहिटीमा २ जनामाथि चक्कू प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। गुरुङले जिल्ला प्रहरीपरिसर ललितपुरमा आत्मसमर्पण गरेका हुन।

ढोलाहिटीस्थित डी पोपिना रेस्टुरेन्टमा होटल सञ्चालकले नै चक्कू प्रहार गर्दा पाँचथर घर भई खुमलटार बस्ने २९ वर्षीय पुजन राई र सुनसरीको धरान भई ढोलाहिटी बस्ने २८ वर्षीय रेवश राईको मृत्यु भएको थियो।

घटनामा संलग्न देखिएका अन्य ४ जनालाई प्रहरीले त्यसै राति पक्राउ परे पनि गुरुङ फरार थिए। गुरुङले दुई जनालाई चक्कू प्रहार गर्ने विजय राईलाई घटनास्थलबाट भगाएका थिए। दुई समूहको बीचमा विवाद हुँदा होटल सञ्चालकले भान्सामा प्रयोग हुने चक्कु निकालेर प्रहार गरेका थिए।

होटलका सञ्चालक खोटाङको साकेला गाउँपालिका २ सेखुवा घर भई हाल ललितपुरको जैनखेल बस्ने ३१ वर्षका विजय राई र सोही होटलका सञ्चालक खोटाङकै साकेला गाउँपालिका २ रतन्छा घर भई हाल ललितपुर १५ खुमलटार बस्ने ३० वर्षीय सुलभ राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ।

यस्तै होटलमा विवादको सुरुवात गर्ने भोजपुरको ट्याम्केमयुङ गाउँपालिका २ घर भई ललितपुर महानगरपालिका २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर नगरपालिका ११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका ६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्विहाङ राईविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट