बलात्कार मुद्दामा पूर्वन्यायाधीशलाई थुनामा राख्न सर्वोच्चको आदेश, पत्निद्वारा विष सेवन

काठमाडौँ– वैवाहिक बलात्कारको कसुरमा निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरीलाई सर्वोच्च अदालतले थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको बुधवारको संयुक्त इजलासले न्यायाधीश गिरीलाई तारेखमा छाड्न उच्च अदालतको दिएको आदेश बदर गरी थुनामै राख्न आदेश दिएको हो।

गिरीमाथि उनकी पत्नि आरती रावलले वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन्। उनको जाहेरीका आधारमा काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएकोमा जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेको थियो भने उच्च अदालतले समेत जिल्ला अदालतको आदेश सदर गरेको थियो।

उच्च अदालतको आदेशविरुद्ध रावलले सर्वोच्च अदालतमा पुनरावेदन दिएकी थिइन्। उनले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेकी थिइन्। यता, गिरीलाई जिल्ला र उच्च अदालतले रिहा गरेपछि उनी आन्दोलनमा थिईन।

यसैक्रममा बुधवार वहसकै क्रममा उनले इजलासमै विष सेवन गरेकी छिन्। यसअघि २ माघमा उनले सर्वोच्च अदालत परिसरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिईन। उनलाई प्रहरीले उद्धार गरेको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट