पति विरुद्ध बलात्कारको आरोप लगाएकी न्यायाधीश पत्निद्वारा सर्वोच्चको इजलासमै विष सेवन

काठमाण्डौं– पति विरुद्ध बलात्कारको आरोप लगाउँदै आएकी पूर्वन्यायाधीश भुवन गिरीकी पत्नि आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्।

आरतीले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी हुन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चलिरहेको वेला आरतीले विष सेवन गरेकी हुन।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले आरतीले विष सेवन गरेको जानकारी दिए। कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी पत्नि आरती न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी छन्।

उनले यसअघि २ माघमा सर्वोच्च अदालत परिसरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिईन। उनलाई प्रहरीले उद्धार गरेको थियो।

श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनका पतिलाई रिहा गरेको थियो। त्यसपछि आरती विरोधमा आन्दोलन गर्दै आएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट