वीरगन्जको नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, एमडीसहित २ जना पक्राउ

विरगन्ज– पर्साको वीरगञ्ज स्थित को नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।
मेडिकल कलेजले म्याद गुज्रिएका औषधीजन्य सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो। सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
प्रतिक्रिया