सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा आगलागी हुँदा कति भयो क्षती ?

काठमाडौँ — काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा सोमबार दिउँसो आगलागी भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो।

आगलागीका कारण भएको क्षतीको एकिन भएको छैन। आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन्। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका अनुसार स्टोरमा चाबी लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी तैनाथ थिए।

घट्नाको छानविन गर्न ९ सदस्यीय समिति गठन गरिएको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।

आगलागीको कारण र क्षतिको बारेमा छानबिनका लागि छानबिन समिति गठन भएको हो। समितिमा विज्ञ व्यक्तिहरु पनि भएकाले छानबिनपछि मात्रै एकिन कुरा भन्न सकिने जनाईएको छ। प्रारम्भिक अनुसन्धानले भने विद्युत् चुहावट भएर आगलागी भएको आँकलन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट