आगलागी नियन्त्रणका क्रममा घाईते भएका ४ मध्ये ३ सैनिकको मृत्यु

काठमाडौँ–डोल्पाको ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित ३ जना सैनिकको मृत्यु भएको छ।
आगो निभाउने क्रममा २५ चैतमा सदरमुकाम सुरक्षा गुल्मका ४ जना सैनिकहरू घाइते भएका थिए। जसमध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो।
मृत्यु भएका मध्ये एक जनाको डोल्पा अस्पतालमा र २ जनाको काठमाडौँ कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो।
घाइते १ जनाको कीर्तिपुरमै उपचार भइरहेको छ।
प्रतिक्रिया