टिकटकमा चिनजान भएका युवकसँग श्रीमती होटलमा, श्रीमान पुगेपछि बलात्कारको जाहेरी
काठमाडौं– टिकटकबाट चिनजान भएकी महिलालाई रक्सी खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले वैदेशिक रोजगारीमा मानिस विदेश पठाउने तीन जना एजेन्टलाई पक्राउ गरेको छ। उनीहरु तीनै जना बारा जिल्लाका निवासी हुन।
महिलालाई बलात्कार गरेको आरोपमा बाराका अरबाज अन्सारी, श्यामप्रसाद कुर्मी र सौउच सहनी पक्राउ परेको गौशला प्रहरी वृत्तका डिएसपी केशव थेबेले बताए। उनीहरु विरुद्ध अपहरण र सामूहिक बलात्कार गरेको आरोपमा आईतबार जिल्ला अदालतमा मुद्दा दायर भएको र थुनछेक आदेश भइनसकेको उनले वताए।
काठमाडौंको पिंगलास्थानस्थित सौभाग्य होटेलमा उनीहरूले अपहरण गरी बलात्कार गरेको भन्दै पीडितले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छिन्। तीनैजना मिलेर होटेलमा लिएर गएको र अरबाज अन्सारीले आफूमाथि बलात्कार गरेको पीडितको जाहेरी छ।
अन्सारीले भने महिलाकै इच्छाअनुसार शारीरिक सम्बन्ध राखेको बयान दिएका छन। उनीहरूबीच टिकटकबाट चिनजान भएको थियो। पछि भेटघाट सुरु भएको र महिलाले आफू अविवाहित रहेको बताएपछि आफू उनीसँग प्रेमसम्बन्धमा रहेको अन्सारीले बताएका छन।
उनीहरु १९ चैतमा खाजा खान रेस्टुरेन्टमा गएका थिए। त्यहाँ सँगै रक्सी खाएर उनीहरु चारै जना पिंगलास्थानको होटेल पुगेका थिए। भोलिपल्ट महिलाका श्रीमान् श्रीमती खोज्दै होटेल पुगेका थिए। उनले नै प्रहरी बोलाएर तीन जनालाई पक्राउ गराएका हुन।