अदालतको आदेश विपरित नेसनल मेडिकल कलेजका एमडी र ल्याव इन्चार्जलाई प्रहरीले छोड्यो

वीरगञ्ज– अस्पतालमा ल्याबमा म्याद गुज्रिएको केमिकल प्रयोग गरेको आरोपमा पक्राउ परेका वीरगन्जको नेसनल मेडिकल कलेजका एमडी सहनवाज अन्सारी र ल्याब इन्चार्ज सञ्जय साह थुनामुक्त भएका छन्।

कालोबजारी मुद्दामा दुवै जनालाई थुनामा राख्ने अदालतको आदेश विपरित पर्सा प्रहरीले उनीहरुलाई हाजिरी जमानीमा छोडेको हो। पर्सा प्रहरीका डीएसपी कुमारविक्रम थापाले अन्सारी र साहलाई हाजिरी जमानीमा छोडिएको पुष्टि गुरे।

दुवै जना अस्पताल भर्ना भएको तथा स्वास्थ्यका कारणले हाजिरी जमानीमा छोडिएको उनको भनाई छ। पक्राउ परेका दुवै जना बिरामी भएको भन्दै वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए।

अदालतले पहिलो पटक उनीहरुलाई दुई दिन थुनामा राख्ने अनुमति दिएको थियो भने बुधबार थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। गत सोमबार नेसनल मेडिकल कलेजमा अनुगमनको क्रममा ल्याबमा म्याद गुज्रिएको केमिकल भेटिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई अदालतले यसअघि दुई दिन थुनामा राख्न आदेश दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट