तालुखुईले भएपछि विग लगाएर हिड्ने मनोज गजुरेलले ३ लाख वढि खर्चेर कपाल रोपे

काठमाडौं– चर्चित हाँस्य कलाकार मनोज गजुरेलले टाउकोमा कपाल प्रत्यारोपण गरेका छन्। कपाल झरेर तालु खुईले बनेका उनी यसअघि ‘विग’ लगाएर हिँड्ने गरेका थिए।

गजुरेलका अनुसार ३०–३२ वर्षको उमेरदेखि उनको कपाल झर्न थालेको थियो। जवानीमै तालुखुइले देखिन थालेपछि उनी डाक्टरकहाँ गएका थिए। डाक्टरले एउटा औषधि लेखिदिएका थिए। तर, त्यो औषधीका कारण कपाल झर्न झनै बढेको उनी सम्झन्छन्।

उनले एरोगिन हेल्थकेयरमा कपाल प्रत्यारोपण गरेका हुन। दुई चरणमा गरी कपाल प्रत्यारोपण गर्ने सल्लाह अनुसार पहिलो चरणको काम सकिएको जनाईएको छ। डाक्टरका अनुसार अहिले रोपिएको यो कपाल बढेर धेरै झर्छ र तलबाट टुसा पलाउँछ। त्यो ठूलो भएपछि चाहीँ नझर्ने वताईएको छ।

मनोजकै टाउकोको पछाडि भागमा रहेको करिव ६ हजार कपाल उखेलेर अगाडिको भागमा प्रत्यारोपण गरिएको छ। दोस्रो चरणमा फेरि थप कपाल रोप्ने जनाईएको छ। कपाल प्रत्यारोपण गर्न लागेको खर्चका विषयमा भने उनले बोलेनन्। बजारमा २५ देखि ९० रुपैयाँ गोटाका कपाल पाइने भन्दै उनले त्यही बीचको कुनै रेट भएको बताए।

औसतमा ५७ दशमलव ५ रुपैयाँ गोटा मान्ने हो भने ६ हजार कपालको ३ लाख ४५ हजार खर्च भएको अनुमान गर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *