चालकको लापर्वाहीले स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु

काठमाडौं– बस चालकको लापर्वाहीले विहिवार भारतको उत्तरी राज्य हरियाणामा ६ जना विद्यार्थीको ज्यान गएको छ। तिव्र गतिमा रहेको बस दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको हो।

दुर्घटनामा परेर अन्य ३५ जना घाइते भएका छन्। करिब १० बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। स्थानीय प्रहरीका अनुसार जीएल पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानीना क्षेत्रमा दुर्घटनामा परेको थियो।

प्रारम्भिक रिपोर्टमा चालकले उच्च गतिमा र लापरबाहीपूर्वक गाडी चलाएका कारण दुर्घटना भएको जनाइएको छ। प्रहरी र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बस नियन्त्रणबाहिर गएपछि चालक गुडिरहेको बसबाट हाम फालेका थिए।

त्यसपछि बस रुखमा ठोक्किएर पल्टिएको थियो। बस पल्टिने बित्तिकै विद्यालयका बालबालिका बसको अगाडिको सिसामा ठोक्किएर बाहिर खसेको प्रत्यक्षदर्शीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट