वीजेपीले बाँसुरीलाई जिम्मा लगायो सुष्मा स्वराजको राजनीतिक विरासत
काठमाडौं– भारतको सत्तारुढ दल वीजेपी (भारतीय जनता पार्टी) ले पूर्वविदेशमन्त्री सुष्मा स्वराजको परिवारलाई राजनीतिमा अगाडि वढाउने संकेत दिएको छ। वीजेपीले सुष्माकी छोरी बाँसुरीलाई आगामी मे महिनामा हुने दिल्लीको लोकसभा निर्वाचनमा टिकट दिएर यसको संकेत दिएको हो।
भारतमा एकछत्र शासन गरिरहेको वीजेपीले कतिपय प्रभावशाली नेताहरुको टिकट खोसेर नयाँलाई दिने क्रममा बाँसुरीलाई पनि टिकट दिएको हो। यो क्षेत्र प्रभावशाली नेतृ मिनाक्षी लेखीले जित्दै आएको ठाउँ हो।
पेशाले कानून व्यवसायी रहेकी बाँसुरीले आफूलाई जनताको आशिर्वाद मिलेको र मोदीको ग्यारेन्टी एजेण्डा अनुसार आफू राजनीतिमा आएको बताएकी छन्। चर्चित नेतृ सुष्मा स्वराजको ४ वर्षअघि निधन भएको थियो।
भारतकी तत्कालीन विदेशमन्त्रीसमेत रहेकी उनको निधनपछि बाँसुरीले उनको विरासत पछ्याउँदै टिकट पनि हत्याउन सफल भएकी हुन। मिनाक्षी प्रधानमन्त्रनी नरेन्द्र मोदी क्याबिनेटकी विदेश राज्यमन्त्री हुन। मिनाक्षीको टिकट खोसिँदा उनको कुनै प्रतिक्रिया आएको छैन। यसअघि बरुण गान्धीको पनि टिकट खोसिएको थियो।