५ वर्षभित्र यूएईमा मात्रै ७४४ नेपालीको मृत्युः आत्महत्या धेरै, जाँडरक्सीले अपराध वढायो

काठमाडौं– रोजगारीका लागि संयुक्त अरब एमिरेट्स (युएई) पुगेका मध्ये एक वर्षमा १६५ जना नेपालीको ज्यान गएको छ। जसमध्ये ४२ जनाले आत्महत्या गरेका छन् भने बिभिन्न दुर्घटनाका परी २७ जनाको मृत्यु भएको छ।

४ जना नेपालीको हत्या भएको छ भने ९२ जनाको प्राकृतिक मृत्यु (सुतेकै ठाउँमा) भएको जनाईएको छ। बैशाखमा १४, जेठमा २, असारमा १५, साउनमा १९, भदौमा १२, कार्तिकमा १८ र माघमा १७ को मृत्यु भएको छ। असोज, मसिर, पुष र फागुनमा समान १३ जनाको ज्यान गएको आबुधावीस्थित नेपाली दुतावासले जनाएको छ।

दुतावासले दिएको जानकारी अनुसार पछिल्लो ५ वर्षमा ७४४ र विगत २० वर्षमा १ हजार ७६६ जना नेपालीको मृत्यु भएको छ। दुतवासका अनुसार जाँडरक्सीका कारण ज्यान गुमाउने नेपालीको सख्या बढेको छ। जाँडरक्सी खाएर झै–झगडा तथा हो–हल्ला गर्ने, लागु औषध प्रयोग गर्ने नेपालीको सख्या बढेको (नेपाल एसोसीएसन) एनआरएन युएईका अध्यक्ष बिकास शाहीको भनाइ छ।

युएईमा हाल झन्डै ५ लाख भन्दा धेरै नेपाली कार्यरत रहेको दुतावासको अनुमान छ। एकिन विवरण नभएपनि युएईमा नेपालीको संख्या बढीरहेको दुतावासको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट