इन्धन बोकेको ट्यांकरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु, १० दिनमा २ प्रहरीले ज्यान गुमाए

बारा — बाराको वीरगन्ज–पथलैया सडक खण्डमा ट्यांकरले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

सिमरास्थित नेपाल टेलिकम अगाडि इन्धन बोक्ने ट्यांकरले ठक्कर दिँदा अछामको चौरपाटी गाउँपालिका–१ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान दिनेश परियारको मृत्यु भएको हो।

सोमबार राति ग१४प ५९७२ नम्बरको मोटरसाइकलमा पथलैयाबाट वीरगन्ज जाँदै गरेका परियारलाई सोही दिशाबाट जाँदै गरेको ना७ख २०२६ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो। दुर्घटनामा घाईते भएका उनलाई बाराको परवानीपुर गाउँपालिका–५ नौतन बहुअरीमा रहेको एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा मंगलबार प्रहरी जवान परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी चिरञ्जिवी दाहालले बताए। घट्नापछि ट्यांकर चालक फरार भएका छन्।

ठिक१० दिन अघि (२३ चैत) पनि अमलेखगन्जमा दुर्घटनामै परी ट्राफिक प्रहरी जवानको मृत्यु भएको थियो। डियुटीमै रहेका पर्साको छिपहरमामाई गाउँपालिका–१ घर भएका २९ वर्षीय ट्राफिक प्रहरी जवान मुनटुन यादवलाई काठमाडौंबाट पूर्व जाँदै गरेको बा प्र ०१÷६ ख ६१२३ नम्बरको यात्रुबाहक बसले मध्यरातमा ठक्कर दिएको थियो।

उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा केही घण्टापछि नै मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट