होटलमा रडले हानेर छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

रुपन्देहीको कंचन गाउँपालिका ५ बर्गदवा का ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले आफनै छोरीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ।
छोरी १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको टाउकोमा रडले हानेर हत्या गरेको अभियोगमा नारायण पक्राउ परेका हुन।
नारायणले बुटवल उपमहानगरपालिका ४ लुम्बिनी स्थित मालिका होटल एण्ड लजमा अञ्जलीको हत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घट्नाको थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया