परमपिता व्रम्हाको किन हुँदैन पूजा ? विश्वमा एउटा मात्रै छ मन्दिर

राजविराज– हिन्दु धर्म शास्त्र एवम् पुराणमा उल्लेख भए अनुसार ब्रम्हा, विष्णु र महेश्वर (शिव) लाई निर्माता, पालनकर्ता र संहारकको रुपमा मानिन्छ। यी मध्ये विष्णु र महेशको धुमधामसँग पूजा गरिन्छ। घर–घरमा मुर्ती स्थापना गरिन्छ। विश्वमा कयौं मन्दिर पनि छन्।

तर, व्रम्हाको भने पूजा गरिँदैन। र उनको जम्माजम्मी एउटा मन्दिर छ, जुन भारतको राजस्थानस्थित अजमेर जिल्लामा छ। व्रम्हाको पूजा नहुनु र मन्दिर पनि निर्माण नहुनुका पछाडिको प्रशंग उनको विवाहसँग जोडिएको छ। जुन सरस्वती पुराणमा उल्लेख छ।

प्रसंग अनुसार सरस्वती ब्रह्माकै छोरी हुन। ब्रह्माले सृष्टिको रचना गरिसकेपछि सरस्वतीलाई आफनो तेज (तपस्याको शक्ति) बाट उत्पन्न गरेका थिए। उनी ब्रह्माको मुखबाट निस्किएकी हुन भनिन्छ। त्यसैले सरस्वतीकी कोही पनि आमा छैननन् भनिन्छ। सरस्वतीलाई विद्याकी देवीका रुपमा मानिन्छ र पूजा गरिन्छ। प्रसंग अनुसार सरस्वती अत्यन्तै सुन्दर र आकर्षक थिईन। उनको सुन्दरताले स्वयम् ब्रह्मा पनि आकर्षित भए। त्यसैले उनी सरस्वतीसँग विवाह गर्ने सोच बनाउँन थाले।

सरस्वतीलाई ब्रह्माको इन्छा थाहा भयो। उनी आफनै पितासँग विवाह गर्न तयार थिईनन्। त्यसैले उनी ब्रम्हाको नजरबाट भागी हिड्न थालिन। तर, उनका सवै प्रयास असफल भए। अन्त्यमा उनले ब्रम्हासँग विवाह गर्नै पर्यो। यो प्रकरणले देवलोकमा निकै चर्चा पायो र आलोचना पनि भयो। सोही प्रकरणपछि ब्रह्माको पूजा हुन छोडेको मानिन्छ।

सरस्वती पुराणमा बयान गरिए अनुसार पति–पत्निका रुपमा ब्रम्हा र सरस्वतीले १ सय वर्ष जंगलमा विताए। यस क्रममा उनीहरुका एक छोरा पनि जन्मिएका थिए। जसको नाम स्वयम्भू मनु हो। ब्रम्हा र सरस्वतीको विवाहका विषयमा अरु पनि प्रसंग प्रचलित छन्। अलग–अलग प्रसंगको सत्यतालाई लिएर पनि विभिन्न दावीहरु छन्। जुन यहाँ प्रश्तुत गरिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट