कुशल भुर्तेल लगातार ३ खेलमा शुन्यमै आउट, के हो कारण ?

काठमाडौं– नेपालका चर्चित क्रिकेटर कुशल भुर्तेल लगातार तेस्रो खेलमा सुन्यमा आउट भएका छन्। ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा पनि उनी सुन्यमै आउट भए।

हङकङका तीव्र गतिका बलर आयुश शुक्लाको बलमा एज लागेर कुशल जिशान अलीबाट क्याच आउट भएका हुन । उनी शुक्रबार युएईसँग भएको पहिलो सेमिफाइनल खेलमा पनि शून्यमै आउट भएका थिए। उक्त खेलमा जुनैद सिद्दिकको इनिङको पहिलो बलमै विकेटकिपरबाट क्याच आउट भएका थिए।

शुक्रबार र शनिवार भएका दुबै खेलमा गुड लेन्थको रोक्न खोज्दा एज लागेर उनी आउट भएका हुन्। समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग भएको खेलमा पनि उनी शून्यमै निस्कनु परेको थियो।

नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए। फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन्। अब तेस्रो स्थानको लागि भईरहेको नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट