सप्तरीको कञ्चनरुपमा आगलागी हुँदा १२ घर जले, २५ लाखको क्षती

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका–५, पडेमारामा आईतबार दिउँसो भएको आगलागीमा परी १२ परिवारका घर र गोठ जलेर करिव २५ लाखको क्षती भएको छ।

स्थानीय लालमोहन सरदारको गोठमा रहेको चुलोमा बालेको आगोबाट दिउँसो करिव ३ बजे आगलागी सुरु भएको थियो। आगलागीमा घर र गोठमा भएका अन्नपात, लत्ताकपडा र २ वटा बाख्रासहित २५ लाखको क्षती भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कन्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी ४ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दिउँसो करिब साढे ४ बजे आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आईतबार दिउँसोको अत्याधिक हावाका कारण आगो नियन्त्रणमा ढिलाई भएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट