भोली सार्वजनिक विदा
काठमाडौं– सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कतारका राजा नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिइन्। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन्।
विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो।
प्रतिक्रिया