बर्दिबासमा मोटरसाईकल दुर्घटना हुँदा श्रीमान श्रीमतीकै मृत्यु
जनकपुर– महोत्तरीमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा सर्लाहीको इश्वरपुर–५ का श्रीमान श्रीमतीकै मृत्यु भएको छ।
बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बाग्मती प्रदेशको ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बर्दिबास स्थित जनसेवा अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया