परपुरुषसँग होटलमा मृत भेटिईन महिला, अढाई वर्षीया छोरीको प्रहरीद्वारा उद्वार

जनकपुर– धनुषाको जनकपुरस्थित एक गेष्ट हाउसमा एक जोडी महिला र पुरुष मृत फेला परेका छन्।
जनकपुरको रामानन्दचौकमा रहेको होटेल होली डे एण्ड गेष्ट हाउसमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन।
प्रियंकाको माईती महोत्तरीको पिपरामानै भएको खुलेको छ। धनुषा प्रहरीका अनुसार आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन। कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा उनीहरुलाई मृत अवस्थामा भेटिएको हो।
प्रहरीले ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ। दुवैजना चार दिनदेखि होटेलमा थिए। पुरुषको चार र महिलाको १ सन्तान छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।