महोत्तरीको मठिहानीमा भिषण आगलागीः डेढ सय घर जले, आगो नियन्त्रणमा आएको छैन

जनकपुर– महोत्तरीको मठिहानी नगरपालिका–६ भगवती टोलमा भिषण आगलागी भएको छ। बुधबार बिहान १० बजेदेखि लागेको आगोले हालसम्म डेढ सय भन्दा वढी घर जलिसकेको स्थानीयले वताएका छन्।

मानवीय क्षतिबारे अहिलेसम्म भन्ने अवस्था नभएपनि बस्ती रहेका सबै घरधुरीको धन, सम्पती, अन्न, लुगाफाटा सबै जलेर नष्ट भएको मेयर हरिप्रसाद मण्डलले बताएका छन्। अहिले नगरपालिकाको वारुणयन्त्रसहित, वरिपरीका पालिकाहरु जलेश्वर, गौशला, रामगोपालपुर, जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरुको मद्दतले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।

आगलागी नियन्त्रणमा स्थानीयसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी समेत खटिएका छन्। तर, तिव्र गतिको पश्चिमी हावाका कारण आगो नियन्त्रणको प्रयास असफल भईरहेको मण्डलले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट