परिवारका कारण विछोडिएका प्रेमी–प्रेमिकाको दुखान्तः पति विदेशमा, परपुरुषसँग ज्यान फालिन पत्निले आवेशमा

जनकपुर– जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा मंगलबार मृत फेला परेको जोडी प्रेमी–प्रमिका भएको खुलेको छ।

महोत्तरीको लोहारपट्टी नगरपालिका– ४ की २५ वर्षीया प्रियंका कापर र महोत्तरीकै पिपरा गाउँपालिका–४ का ३१ वर्षीय सरोज भनिने हितेन्द्र पासवान होटलको २०५ नम्वर कोठामा एउटै सलको पासोमा झुण्डिएर मृत अवस्थामा फेला परेका थिए।

प्रियंका र हितेन्द्र दुवै विवाहित हुन। प्रियंकाको माईत घर भने पिपरामै हो। गाउँका जानकारहरुले दिएको जानकारी अनुसार दुवै जना बच्चैदेखि साथि हुन। किशोरावस्थामा उनीहरु प्रेम सम्वन्धमा थिए। तर, उनीहरुले विवाह भने हुन पाएन। हितेन्द्रको जात तगारो बनेर आयो।

हितेन्द्र दलित (कथित पानी नचल्ने जात) र प्रियंका उपल्लो (पानी चल्ने) जातकी भएका कारण अभिभावकहरु दुवैको प्रेममा बाधक वने। त्यसैले करिव ४ वर्षअघि प्रियंकाको महोत्तरीकै लोहारपट्टी नगरपालिका– ४ का राकेश कापरसँग मागी विवाह भयो।

प्रियंका र राकेशका अढाई वर्षकी एक छोरी छिन्। राकेश डेढ वर्षदेखि कतारमा छन्। यता, प्रियंकासँग विवाह नहुने निश्चित जस्तै देखेपछि हितेन्द्रले पनि लोहारपट्टी नगरपालिका– ९ मा विवाह गरे। उनका २ छोरासहित ४ सन्तान छन्। वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनी दुई वर्षअघि मात्रै फर्किएका थिए। उनी फेरी विदेश जाने तयारीमा रहेको र पासपोर्टसमेत म्यानपावरमा बुझाइसकेको खुलेको छ।

हितेन्द्र र प्रियंकाले अलग–अगल विवाह गरेपनि गत दुई वर्षदेखि उनीहरु नियमित सम्पर्कमा रहेको अनुशन्धानबाट देखिएको छ। प्रियंका केही दिनअघि माइत जान्छु भन्दै ससुरासँग बिदा मागेर हिँडेकी थिइन्। तर, उनी माइत नगएर ४ दिनदेखि होलिडे होटलमा हितेन्द्रसँग वस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

मंगलबार दुवैले आत्महत्या गरेपछि खैलावैला मच्चिएको छ। त्यसपछि उनीहरुको सम्वन्धको विषय वाहिर आएको हो। आत्महत्या गर्दा प्रियंकाकी नाबालक छोरी साथमै थिइन्। उनी रोएको र चिच्याएको आवाजकै कारण होटल संचालकले घट्नाको बारेमा जानकारी पाएका थिए।

प्रहरीलाई बोलाएर हेर्दा दुवै जना मृत अवस्थामा थिए। ढोका फुटाएर प्रहरी भित्र पस्दा नाबालिकाले दुवैलाई वुवाआमा भनेकी थिइन्। प्रियंकाले हितेन्द्रलाई नै बुबा भन्न सिकाएको पाईएको छ। प्रहरीका अनुसार अवैध यौन सम्बन्ध र जातिय विभेदका कारण उनीहरुले आत्महत्याको बाटो रोजेको हुन सक्ने अनुमान छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट