डेढ किलो सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ, पक्राउ पर्ने ३ जना भारतीय
काठमाडौं– प्रहरीले एक करोड ४३ लाख नगद र डेढ किलो सुनसहित काठमाण्डौं महानगरपालिका–२४, दुच्छेनली टोलबाट बिहीबार ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने ४ जना नेपाली र ३ जना भारतीय नागरिक छन्।
पक्राउ पर्नेहरूमा दार्चुलाको महाकाली नगरपालिका–३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडु, २१ वर्षीय आयुष बडु, झापाको बिर्तामोड नगरपालिका ३ का ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेल छन्।
यसैगरी, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते र १८ वर्षीय गणेश सतिश बाल्टे पक्राउ परेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया