ललितपुरमा डढेलो निभाउने क्रममा जलेर २ जनाको मृत्यु

काठमाडौं– ललितपुरको जंगलमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका २ जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ बडिखेल स्थित जंगलमा लागेको आगो निभाउने क्रममा स्थानीय रमेश पहरी र शंकर पहरी घाईते भएका थिए।

ती मध्ये सोही नगरपालिका–४ कै ५० वर्षीय रमेश पहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचाररत पहरीको आज बिहान मृत्यु भएको हो।

डढेलो निभाउने क्रममा घाईते भएका शंकर पहरीको मंगलबारै उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो। प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–६ आनन्द वनमा पनि डढेलो फैलिएको छ।

डढेलो फैलिन सक्ने भएकाले कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट