‘मैले श्रीमतीको हत्या गरेँ’ भन्दै एक युवक आफैं प्रहरी कार्यालय पुगेपछि…

काठमाडौं– काठमाण्डौंमा एक युवकले श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भएका ३५ वर्षीय सन्तोष परियारले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेर प्रहरी समक्ष आत्म समर्पण गरेका हुन।

काठमाडौं महानगरपालिका–६, भूगोलडाँडामा वस्दै आएका परिवार आत्मसमर्पण गर्न बुधबार प्रहरी वृत्त बौद्ध पुगेका थिए।

आफैं प्रहरी कार्यालय पुगेका उनले ‘मैले श्रीमतीका हत्या गरेँ’ भन्दै बताएका थिए। सन्तोषले मंगलबार राति करिव १ बजे श्रीमतीलाई कुटपिट गरेका थिए। त्यसै क्रममा उनको मृत्यु भएको सन्तोषले प्रहरीलाई बताएका छन्।

प्रहरीले उनलाई नियन्त्रणमा लिई अनिशाको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट