मध्येराती घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु
काठमाडौं– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा बुधबार मध्येराती आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।
स्थानीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीय लामा र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको हो।
धादिङ प्रहरीका एसपी गौतम केसीका अनुसार आगलागीबाट घरमा भएको अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ।
राति करिब साढे ११ बजे घरमा आगो लागेको जानकारी पाएपछि हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उनीहरुको मृत्यु भइसकेको थियो।
फाईल फोटो
प्रतिक्रिया