घरको भित्तामा मोटरसाईकल ठोक्किएर २ जनाको मृत्यु

चितवन– चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरको भित्तामा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

बुधबार पौने १२ बजे रत्ननगर–४ वडा कार्यालय नजिक ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो।

घटनामा चालक रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँका मोटरसाईकलमा सवार १८ वर्षीय सुमित महतो घाईते भएका थिए। उनीहरुलाई उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा राति पौने १ बजेतिर दुवैको मृत्यु भएको चितवन प्रहरीका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए। मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट