घरको भित्तामा मोटरसाईकल ठोक्किएर २ जनाको मृत्यु
चितवन– चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरको भित्तामा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।
बुधबार पौने १२ बजे रत्ननगर–४ वडा कार्यालय नजिक ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो।
घटनामा चालक रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँका मोटरसाईकलमा सवार १८ वर्षीय सुमित महतो घाईते भएका थिए। उनीहरुलाई उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा राति पौने १ बजेतिर दुवैको मृत्यु भएको चितवन प्रहरीका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए। मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको छ।
प्रतिक्रिया
लोकप्रिय
पैसा तिर्न नसक्दा गर्भवतीलाई अस्पतालबाट निकालियो, गेटमै जन्मियो बच्चाः छानबिनको घेरामा गजेन्द्र अस्पताल

