पाकिस्तानमा बस दुर्घटना हुँदा ३ महिलासहित २० जनाको मृत्यु

काठमाडौं– पाकिस्तानमा बस दुर्घटना हुँदा ३ महिलासहित २० जनाको मृत्यु भएको छ। कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा बस खोलामा खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा २० जना भन्दा वढि घाइते भएका छन्। शुक्रबार बिहान करिव साढे ५ बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको हो।

रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा ३८ जना यात्रु रहेको खुलेको छ। दुर्घटनापछि घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ।

साँघुरो पहाडी सडकमा तीव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले घटनालाई लिएर शोक व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट