भोजपुरमा ७ वर्षीया बालिकालाई बलात्कृत
विराटनगर– भोजपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
षडानन्द नगरपालिका १ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको हो। उनी शनिबार बिहान पक्राउ परेका हुन।
मंग्रातीले ती बालिकालाई ११ वैशाखमा नजिकैको झाडीमा लगेर बलात्कार गरेको आरोप छ। उनले बालिकालाई ललाई फकाई लिएर गएको र एकान्तमा पुर्याएर बलात्कार गरेको भन्दै उजुरी परेको छ।
सोही उजुरीका आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया