ग्वार्कोमा आगोमा जलेका २ बालिकाको मृत्यु, आमाबुबाको अवस्था पनि जटिल

काठमाण्डौं– ललितपुरको ग्वार्कोस्थित मविल राखेको टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ जना मध्ये दुई बालिकाको मृत्यु भएको छ।

आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा रौतहट घर भएका ३५ वर्षीय सञ्जय गिरी, उनकी पत्नी ३२ वर्षीया रुपा, छोरी ८ वर्षकी प्रिया र ३ वर्षकी एलिसा तथा भतिज १५ वर्षका नित गिरी भाईते भएका थिए।

उनीहरुलाई उपचारका लागि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा सोमवार दुई छोरीहरु प्रिया र एलिसाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

अस्पतालले दिएको जानकारी अनुसार सञ्जय र रुपाको पनि अवस्था जटिल छ। उनीहरुलाई भेन्टिलेटरमा राखिएको छ। भतिज नितको अवस्था भने सामान्य रहेकाले जनरल वार्डमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ।

डढेको मोबिल एउटा भाँडाबाट अर्को भाँडामा सार्ने बेलामा मोबिल आगोमा परेर आगालागी भएको थियो। टहरामा लागेको आगो ५ वटा दमकलको प्रयोग गरी नियन्त्रणमा लिईएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट