श्रीमतीको अश्लिल फोटो फेसबुक स्टोरीमा हालेपछि मकवानपुरका फुर्साङ पक्राउ

काठमाडौं– भारतको मध्यप्रदेशस्थित भोपाल भन्ने ठाउँका एक युवकले विवाह गरेको केही समयपछि आफनै पत्निको अश्लील भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अहिले सोही घट्ना नेपालमा दोहोरिएको छ। आफ्नै पत्निको अश्लील फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपनि मकवानपुरका एक युवक पक्राउ परेका छन्।

मकवानपुरको छतिवन–७ चुलुंगा स्थायी घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो।

प्रहरीका अनुसार आफू विदेशमा रहेका बेला ह्वाट्सएपमा कुराकानी गर्नेक्रममा आदानप्रदान भएका श्रीमतीका गोप्य अंगका तस्बिरहरु फुर्साङले नक्कली अकाउन्ट बनाएर स्टोरीमा हालेका थिए।

सोही आरोपमा फुर्साङलाई पक्राउ गरी अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट