गाउँँपालिका अध्यक्षले मजदुर कुटेः कानमा गम्भिर चोट लागेका घाईतेको उपचार हुँदै

विराटनगर– मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङले बिहिबार स्थानिय एक मजदुरलाई निर्घात कुटपिट गरेका छन्।
केराबारी–८ स्थित गान्धी ट्रेडर्सका मजदुर ५० वर्षीय पर्शुराम कार्कीलाई मिरिङ्चिङले कुटपिट गरेका हुन। कुटपिटबाट घाइते कार्कीको सुनसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
कार्कीको देब्रे कानमा चोट लागेको उनका साथी लिलानाथ घिमिरेले बताए। पसलमा गाडिबाट प्लाइउड झार्ने क्रममा साँझपाख उनीहरुका बीचमा सामान्य वादविवाद भएको थियो। सोही क्रममा अध्यक्ष मिरिङ्चिङले अपशब्द प्रयोग गर्दै एक्कासि कुटपिट गरेको कार्कीको आरोप छ।
प्रतिक्रिया