डेढ वर्षकी छोरीलाई मार्न सलमा झुन्ड्याएको भिडिओ दुवईमा रहेका पतिलाई पठाएपछि नन्दकली पक्राउ

काठमाडौं– पति विदेश गएका बेला डेढ वर्षकी आफनै छोरीलाई झुन्ड्याएर मार्न खोजेको आरोपमा प्रहरीले रुकुम पश्चिमबाट एक महिलालाई पक्राउ गरेको छ। मुसिकोट नगरपालिका–१४, लोरिबाङकी २१ वर्षीया नन्दकली विष्टलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार विष्टले आफ्नी डेढ वर्षकी छोरीलाई सलको पासो लगाई झुन्ट्याएर मार्ने प्रयास गरेकी थिईन। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलका अनुसार नन्दकलीले डेढ वर्षकी छोरीलाई सुत्ने कोठामा सलले झुन्ड्याएर भिडियो बनाएकी थिइन्।

त्यो भिडिओ उनले विदेशमा रहेका पतिलाई पठाईन। उनका पति दुबईमा छन्। भिडिओ देखेपछि उनले तत्कालै घर परिवकारका अन्य सदस्य र छरछिमेकलाई जानकारी गराए। छिमेकीहरू तत्काल विष्टको घरमा पुगे र पासो लगाएकै अवस्थामा बालिकाको उद्वार गरे। नाबालिकालाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा भर्ना गरिएको छ।

त्यस लगतै प्रहरीले नन्दकलीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार घट्ना १ जेष्ठको राती ८ वजेको हो। नन्दकली विरुद्ध आवश्यक कारबाही सुरु भईसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट