यस्तो छ गगनमाथि लागेको देशद्रोह काण्ड, अमेरिकी दुतावासले नै गरेको थियो पुष्टि

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेपालमा मात्र नभई विदेशमा समेत लोकप्रिय नेता हुन। उनीमाथि देश र जनताले निकै ठुलो भरोसा गरेका छन्। उनले देशका लागि उदाहरणीय काम गर्न सक्छन् भन्ने अपेक्षा जनतामा छ।

कुनै पनि विषयलाई टपक्कै टिक्न सक्ने, त्यसलाई कलात्मक रुपमा प्रस्तुत गर्न सक्ने, आफना कुरा निर्धक्क राख्न सक्ने तथा भिजन भएका थोरै नेता मध्येमा पर्छन–गगन थापा। तर, उनको निधारमा पनि बदनामीको टीका भने लागेकै छ।

उनको निधारमा लागेको त्यो कालो टीका वेला–वेला देखा पर्छ। पछिल्लो समय सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेसँग पंगा लिँदा उनको निधारको बदनामीको टीका फेरी देखा परेको छ। थापासहित नेपाली कांग्रेसका सांसदहरुले सहकारी प्रकरणमा संसदिय छानविन समितिको माग गरेपछि आक्रोशित भएका लामिछानेले संसदमै उनको निधार पुछ्ने काम गरे। जसले गर्दा थापाको निधारमा रहेको वदनामीको कालो टीका फेरी देखिएको छ। यस पटक उनको टीका सन्सारले देखे।

लामिछानेले खास गरी बाख्रा पालन उद्योग खोल्नका लागि करोडौं रुपैयाँ अनुदान लिएर काम नगरेको, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको भिसि नियुक्तिमा करोडौं रुपैयाँ घुस लिएको, त्रिचन्द्र कलेजको बेरुजुसम्म उल्लेख गरेर थापालाई धम्क्याए। ‘मेरो विषयमा छानविन भए तिमिहरुको विषय पनि मैले छोड्दिन’ भन्ने आशसयमा प्रश्तुत भएका लामिछाने यतिमा मात्रै रोकिएनन्।

लामिछानेले गृहमन्त्रीको रुपमा उपस्थित भएर थापामाथि देशद्रोहको आरोप लागेको विषयलाई संसदमै रेकर्ड गराई दिए। त्यसपछि थापालाई अमेरिकी एजेण्ट भनेर सामाजिक सञ्जालमा कतिपय कागजात सार्वजनिक भईरहेका छन्। त्यसपछि यो विषय के हो भनेर धेरैको मनमा जिज्ञासा सुरु भएको छ।

खास गरी अमेरिकी राजदूताबासको एउटा पुरानो प्रतिवेदनले थापालाई विवादमा तानेको हो। सन् २००८ मा तयार पारिएको त्यो प्रतिवेदनमा गगन थापालाई ‘कि एम्बेसी कन्ट्याक्ट’ भनिएको छ। यसको अर्थ त्यस वखत थापा दूताबासका मुख्य सम्पर्क सुत्र थिए। अमेरिकी दूताबासका तत्कालिन डेपुटी चिफ अफ मिसन ¥यान्डी बेरीले उक्त प्रतिवेदन बनाएका थिए।

थापालाई नेपाली कांग्रेसको मुख्य सम्पर्क सुत्रको रुपमा प्रयोग गरी नेपालमा पहिलो संविधानसभाको चुनाव हुनु भन्दा पहिले तयार पारिएको प्रतिवेदनमा कांग्रेसले राम्रो नतिजा ल्याउनै नसक्ने उल्लेख गरिएको थियो। कांग्रेसले गिरिजाप्रसाद कोइराला बुढो र कमजोर भएकाले सम्बोधन गर्न नसक्ने र विद्यार्थी संगठनको पार्टीप्रति मोह भंग भएकोले राम्रो नजिता ल्याउनै नसक्ने त्यो प्रतिवेदनमा उल्लेख थियो।

नेपाली कांग्रेसले मधेशीलाई धेरै नै अधिकार दिएको भनेर तराईमा रहेका पहाडी मुलका व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई भोट दिन सक्ने पनि थापालाई उधृत गर्दै उक्त प्रतिवेदनमा उल्लेख गरिएको थियो।

त्यो विषय सार्वजनिक भएपछि अहिले राजनीति फेरी तातिएको छ। पूर्वगृहमन्त्री समेत रहेका एमाले नेता भिम रावलले त गगन थापालाई देशद्रोहको आरोपमा तत्काल पक्राउ गर्न माग गरेका छन्। यस विषयमा फेसवुकमा आफनो धारणा राखेका रावलले गगन थापालाई पक्राउ गर्न नसके देशद्रोहीको मतियारका रुपमा गृहमन्त्रीलाई पदबाट हटाई पक्राउ गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

महामन्त्री थापाले भने रवि लामिछानेले संसदमा उभिएर आरोप लगाएकै दिन पत्रकार सम्मेलन गरेर आफुमाथि लागेको आरोपको छानविन गर्न चुनौती दिएका छन्। थापाको यो चुनौती पछि लामिछाने भने आत्मरक्षामा लागेका छन्। आफुले समाचारमा आएका कुरा मात्रै पढेर सुनाएको भन्दै अहिले उनी हल्काफुल्का कुरा गरेर पन्सिदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट