रारा घुम्न हिडेका विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा १२ जना घाईते, चालक गम्भिर

काठमाडौं– रारा ताल घुम्न हिडेका विद्यार्थी बोकेर हिडेका जीप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

बाजुराको हिमाली गाउँपालिका–५ कोल्टीस्थित भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई लिएर हिडेको ग १ ज ८२४९ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा चालक, २ जना शिक्षक र ९ जना विद्यार्थीसहित १२ जना घाईते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाका अनुसार घाइतेमध्ये चालकको अवस्था गम्भिर छ। घाइते चालक तथा जिप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिप सडकबाट २५ मिटर तल खसेको र दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट