दुर्गा प्रसाईँका भान्जा रविरत्न घरवेटीलाई बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं– गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतका चर्चित नेताको विषयमा विवादित अन्तरवार्ता दिएर चर्चामा रहेका रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ परेका छन्। उनी नातामा दुर्गा प्रसाईका भान्जा (ठूलीआमाको छोरीको छोरा) हुन।

काठमाडौं निवासी ५२ वर्षीया महिला (महाराजगञ्ज ४८) लाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध पीडित महिलाले जाहेरी दिएकी छिन्। ती महिलाको जाहेरी प्रहरीले सुरुमा दर्ता गर्नै अस्वीकार गरेको थियो।

तर महिलाले उच्च अदालतबाट आदेश लिएर आएपछि प्रहरीले जाहेरी दर्ता गर्दै चुडाललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो। हदम्याद सकिन केहीदिन अघि मात्रै प्रहरीमा जाहेरी दर्ता भएको हो।

जानकारी अनुसार महाराजगञ्जमा रहेको महिलाको घरमा १८ असार ०७३ देखि चुडालले सटर भाडामा लिएर फेन्सी स्टोर चलाउँदै आएका थिए। उक्त घरमा घरबेटी महिलाको परिवार र चुडाल मात्रै बस्दै आएका थिए। ०६४ सालमा पति गुमाएकी महिलाका दुई छोराहरु विदेशमा छन्। चुडाल पनि पत्नीसँग सम्वन्ध बिग्रेर एक्लै बसिरहेका छन्।

यसै क्रममा १७ जेठ ०८० मा आफूमाथि चुँडालले बलात्कार गरेको आरोप महिलाले लगाएकी छिन्। जाहेरी दर्तापछि पनि लामो समयसम्म चुडाल पक्राउ परेका थिएनन्। दुई साताअघि महाराजगञ्ज ४८ ले एक युट्यूव च्यानललाई अन्तरवार्ता दिएकी थिइन्। त्यसमा उनले आफूलाई ब्ल्याकमेलिङ गर्दै बलात्कार गरेको भन्दै चुडाललाई पक्राउ गर्न माग गरेकी छिन्।

चुडाल यसअघि ड्रग्स र रक्तचन्दनको केसमा केही समय जेल परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट