सुनको पाईन्ट लगाएका भारतीय नागरिक कसरी आईपुगे काठमाडौं ?

काठमाण्डौं– सुनको लेपन लगाइएको कपडासहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट ३९ वर्षीय नविन हरिशलाल गोक्लानी पक्राउ परेका हुन।
दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट विमानस्थल प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
खानतलासी गर्दा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको प्रहरीले जनाएको छ। पाइन्टसहित सुनको तौल १२ सय ग्राम छ। सुन मात्रै करिव ४० ग्रााम रहेको प्रहरीको भनाई छ। गोक्लानीलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ।
प्रतिक्रिया