जापान पठाई दिन्छु भन्दै ऋषी धमलाले साढे ८ लाख ठगे, पीडित मिडियामा पुगेपछि १० लाख दिएर चुप लगाए (अडियोसहित)

काठमाडौं– चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमलाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको एक जना पीडितले खुलासा गरेका छन्।

प्राइम टेलिभिजनका मालिक, जनता जान्न चाहान्छन् कार्यक्रम प्रस्तोता तथा रिपोर्टस् क्लबका अध्यक्ष धमलाबाट पीडित भएका धादिङको निलकण्ठ नगरपालिका–१२ साङकोष निवासी कपिल भट्टले उनको ठगीका विषयमा खुलासा गरेका हुन।

भट्टले जापान पठाइदिने भन्दै आफुसँग ८ लाख ५० हजार रुपैयाँ लिएको तर ८ महिनादेखि धमलाले झुलाएर राखेको आरोप लगाएका छन्। आफुले त्यो पैसा ऋण लिएर दिएको उनको भनाई छ। उनले यसरी आरोप लगाएको भीडीओसमेत सार्वजनिक भएको छ।

कामाडौंको लैनचौरस्थित होटल एम्बेसडरमा पैसा वुझाएको र त्यसका साक्षी समेत रहेको उनले दावी गरेका छन्। भट्टका अनुसार धमलाले ठमेलका धुर्व अधिकारीको जापानमा रेष्टुरेन्ट रहेको र सोही रेष्टुरेन्टमा वर्किङ भिषामा पठाइदिने भन्दै पैसा लिएका थिए।

यो प्रकरणपछि धमलाले भट्टको पैसा फिर्ता गरेको खुलेको छ। धमलाले भट्टलाई १० लाख रुपैयाँको चेक दिएको जनाईएको छ। एनआईसी एशिया बैंकमा रहेको धमलाको नामको चेक हात पारेपछि भट्टले एउटा युट्युव च्यानलाई अन्तरवार्ता दिदै आफुलाई कब्जामा लिएर ऋषी विरुद्ध बोल्न लगाईएको आरोप लगाएका छन्।

स्रोतका अनुसार धमलाको उक्त बैंकमा रहेको चेक यसअघि नै पटक पटक बाउन्स भएको र कालोसुचीका लागि पीडितहरुले निवेदन दिएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट