मापसे गरेका बालकले चलाएको कारले ठक्कर दिँदा २ जनाको मृत्यु, बुबा र हजुरबुबासमेत पक्राउ

काठमाण्डौं– भारतको महाराष्ट्रस्थित पुणेमा मादक पदार्थ सेवन गरेका नाबालकले चलाएको पोर्श कारले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ। यो घट्नामा प्रहरीले नाबालकसहित उनका बुबा र हजुरबुबा समेतलाई पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईले अपराध शाखाका एक प्रहरी अकिृतकलाई उद्धृत गर्दै जनााए अनुसार बालकका बुबा र हजुरबुबाले अभियुक्त नाबालकलाई बचाउन कार चालकलाई बन्धक बनाई गलत बयान दिन दबाब दिएका थिए। हजुबुबाविरुद्ध आईपीसीको धारा ३६५ र ३६८ अन्तर्गत छुट्टै मुद्दा दर्ता गरिएको छ।

बालकका बुबा यस अघि नै पक्राउ परेका छन्। उनलाई पुणे अदालतले शुक्रबार, जुन ७ सम्म न्यायिक हिरासतमा पठाएको थियो।

पीटीआई रिपोर्टका अनुसार बन्धक बनेका उनै चालकले आफनो उद्दार भएपछि पुणेको येरवडा पुलिस कार्यालयमा घट्नाको विषयमा उजुरी दिएका थिए। दुर्घटनापछि उनलाई नाबालिगका हजुरबुबा र बुबाले मोवाईलसमेत खोसेर मे १९ देखि २ दिनसम्म घरमा बन्धक बनाएका थिए। चालकलाई उनकी श्रीमतीले उद्धार गरेकी थिईन।

गत आइतबार मध्यरातमा पोर्श कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार अनिश अवधिया र अश्विनी कोस्टाको मृत्यु भएको थियो। पोर्श कारलाई त्यतिबेला मादक पदार्थ पिएका एक नाबालिगले चलाएको प्रहरीको दावी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट